×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब सहकारी ठगीका मुद्दा अदालतमा मिलापत्र हुने ! 

LAXMI SUNRISE BANK
GLOBAL

अब सहकारी ठगीका मुद्दा अदालतमा मिलापत्र हुने ! 

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीका मुद्दा अदालतमा मिलापत्र गर्न सकिने निर्णय गरेको छ । कार्यालयले बचतकर्ताको बचत फिर्ता भएमा सहकारी ठगीका मुद्दा अब अदालतमै मिलापत्र गर्न सकिने निर्णय गरेको हो । 

योसँगै अब सहकारी ठगीका उजुरीकर्ता र प्रतिवादीबीच सहमति भए मुद्दामा मिलापत्र गर्न सकिने भएको छ । 

सहकारी ठगीका मुद्दामा मिलापत्र गर्न सकिने अभ्यास यसअघि भने थिएन । बरु सहकारी ऐनको दफा १२४ ले दफा १२२ अनुसार सदस्यको बचत ऐन, नियम र विनिमय बमोजिम बाहेक अन्य कुनै पनि प्रयोजनको लागि प्रयोग भएका जरिवाना, बिगो दाबी र जेल सजायको व्यवस्था गरेको थियो । 

तर, एकपछि अर्को गर्दै सहकारी ठगीका धेरै घटना बाहिर आउन थालेपछि र ठगीका मुद्दा प्रहरी र अदालतसम्म पुग्न थालेपछि महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगीका मुद्दामा मिलापत्र गर्न सकिने निर्णय गरेको हो । यद्यपि मिलापत्रको व्यवस्थाले गलत नियतले वित्तीय कारोबार गर्नेले उन्मुक्ति पाउन सक्ने जानकारहरु बताउँछन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी