×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उँधोगतिमा नाडेप लघुवित्तः नाफामा पहिरो, ईपीएस १० रुपैयाँबाट ४२ पैसामा झर्यो (थप विवरणसहित) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उँधोगतिमा नाडेप लघुवित्तः नाफामा पहिरो, ईपीएस १० रुपैयाँबाट ४२ पैसामा झर्यो (थप विवरणसहित) 

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाको नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ९५.८४ प्रतिशतले घटेको हो । यसअवधिमा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड २२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसअवधिमा लघुवित्तको निष्क्रिय कर्जा ४.९७ प्रतिशतबाट बढेर ६.५६ प्रतिशत पुगेको छ । यही कारण पनि लघुवित्तको नाफामा भारी गिरावट देखिएको हो । 

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २७.२८ प्रतिशतले घटेको छ भने खुद फि आम्दानी १६.५७ प्रतिशतले बढेको छ । त्यस्तै यसअवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी ४.९७ प्रतिशत र सञ्चालन मुनाफा ९९.३२ प्रतिशतले घटेको छ । 

नाफासँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा लघुवित्तको ईपीएस १० रुपैयाँ ८ पैसाबाट घटेर ४२ पैसामा सीमित भएको छ । यसअवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा रहेको छ ।

चुक्ता पूँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ४० करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी