×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ हजार ७ सय ६ करोड ३० लाख घाटा खाएर नेपाल छोड्दै एनसेलको माउ कम्पनी, लगानीको वातावरण नभएरै हो ? 

PRIME CA

३ हजार ७ सय ६ करोड ३० लाख घाटा खाएर नेपाल छोड्दै एनसेलको माउ कम्पनी, लगानीको वातावरण नभएरै हो ? 

अर्थ सरोकार

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनसेलको माउ कम्पनी आजियाटा बर्हार्ड ठूलो घाटा खाएर एनसेलबाट बाहिरिँदैछ । ७ वर्षअघि एनसेलेको ८० प्रतिशत सेयर किनेको आजियाटाले १ अर्ब ३० करोड मलेसियन रिंगिट (३ हजार ७ सय ६ करोड ३० लाख नेपाली रुपैयाँ) खुद घाटा खाएपछि बुधबार एनसेलबाट बाहिरिने घोषणा गरेको हो । 

एक विज्ञप्ती जारी गर्दै आजियाटाले एनलसेलमा गरेको लगानी झिकेर नेपालबाटै बाहिरिने घोषणा गरेको हो । एनसेलबाट बाहिरिने आजियाटाको सञ्चालक समितिको निर्णयसँगै कम्पनीले एनसलेको सेयर बिक्रीमा राखेको छ । कम्पनीका अनुसार एनसेलबाट नेपालमा ठूलो घाटा भएपछि आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरिएको हो । कम्पनीले बिक्रीमा राखेको एनसेलको सेयर नेपाली साझेदारहरु सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको बुझिएको छ । आजियाटाले एनसेलबाट बाहिरिनुको मुख्य कारण व्यवसायिक पर्फमेन्स कमजोर भएको दाबी गरेको छ । 

नेपालमा ठूलो लगानी रहेको विदेशी कम्पनी आजियाटा घाटा खाएर बाहिरिँदै गर्दा यसले ‘विदेशी लगानी भित्र्याउँछौँ, नेपालमा लगानी सुरक्षित छ’ भन्ने सरकारलाई गतिलो झापड हानेको छ । 

यहिबीच सरकार नेपालमा चौथो लगानी सम्मेलन गर्ने तयारीमा जुटेको छ । यसअघि २०४९, २०७३ र २०७५ मा लगानी सम्मेलन गरेको सरकारले २०८१ को वैशाखमा चौथो लगानी सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनमा स्वदेशी लगानीमा बन्न नसक्ने ठूला आयोजना विदेशी लगानीकर्ता सामु राखेर लगानी भित्र्याउने दाउमा छ सरकार । तर, लगानी असुरक्षित भएको भन्दै विदेशी लगानी बाहिरिरहेका बेला सरकारले गर्न लागेको लगानी सम्मेलनको सफलता माथि प्रश्न उठेको छ । 

त्यसैमाथि व्यवसायिक वातावरण बिग्रिएको भन्दै एनसेलबाट बाहिरिने आजियाटाको निर्णयले पनि खास राम्रो सन्देश दिएको छैन । तसर्थ सम्मेलन गर्नु अघि बाहिर सकारात्मक सन्देश जाने काम गरे मात्रै सकारात्मक नतिजा दिनसक्छ । अन्यथा, सम्मेलनबाट लगानी त त्यस्तै हो केही प्रतिबद्धता चाहिँ जरुर आउन सक्छ । 

तर अहिलेको यो विषयमा परिस्थितिमा अन्तराष्ट्रिय सम्मेलनका लागि यही सरकारले काम गर्न नसक्ने जानकारहरुको दाबी छ । सरकारको लक्ष्य पूर्ति र राज्यको हितका लागि अन्तराष्ट्रिय सम्मेलनको तयारी र मुलुकको अर्थतन्त्रको सुधारका लागि सरकार परिवर्तन अपरिहार्य देखिएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: