काठमाडौँ । ९ महिनादेखिको भाडा नतिरेपछि निदान हस्पिटललाई घर खाली गर्न ताकेता गरिएको छ । ललितपुरको पुल्चोकमा रहेको निदान हस्पिटलले सम्झौता अनुसारको ५५ लाख ५१ हजार घरभाडा नतिरेपछि घरधनीले ३५ दिनभित्र घर खाली गर्न ताकेता गरेका हुन् ।
घरधनी मीना श्रेष्ठका अनुसार हस्पिटलले २०७९ फागुनदेखि २०८० कात्तिकसम्मको भाडा तिरेको छैन ।
पटकपटक भाडाको लागि ताकेता गर्दा पनि हस्पिटलले भाडा नतिरेपछि दुई रोपनी ११ आनामा बनेको घर र जग्गा खाली गर्न ३५ दिनको समय दिएको घरधनी श्रेष्ठले बताएकी छिन् । यसअघि मीनाका पिता इन्द्रमान जोशीसँग हस्पिटलले २०७४ मंसिर १ गते घरबहाल सम्झौता गरेको थियो । जोशीको निधनपछि हस्पिटलले प्रयोग गर्दै आएको घरजग्गा मिनाको नाममा नामसारी भइसकेको छ ।
सम्झौता उल्लंघन गरेर हस्पिटलले लामो समयसम्म पनि घरभाडा नतिरेको भन्दै घरधनी श्रेष्ठले बक्यौता रकम, सोको कानून बमोजिम ब्याज तथा मनासिब क्षतिपूर्तिको मागसमेत गरेकी छिन् ।
यसो त घर खाली गराउनका लागि घरधनीले यसअघि नै निदान हस्पिटललाई दिएको ३५ दिने अल्टिमेटम मंसिर २४ गते सकिँदैछ । तर, मंसिर १२ गते घरधनी श्रेष्ठले घर खाली गर्न हस्पिटललाई थप ३५ दिनको समय थप गर्दै त्यसअवधिमा हालसम्मको बक्यौता रकम, ब्याज र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेकी छिन् । उनले यसअघि आफुले पठाएको पत्र हस्पिटलले लिन नमानेको आरोप समेत लगाएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्