×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीहरुले ऋण तिर्न छोडेपछि निर्धन उत्थान घाटामा, करोडौँको ऋण डुब्ने पक्कापक्की !

अर्थ सरोकार

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार

PRIME CA

ऋणीहरुले ऋण तिर्न छोडेपछि निर्धन उत्थान घाटामा, करोडौँको ऋण डुब्ने पक्कापक्की !

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै लघुवित्तले खुद नाफा ऋणात्मक रहेको जनाएको हो । यसअवधिमा लघुवित्तको खुद नाफा १४ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । लघुवित्तले गत आर्थिक वर्षमा ३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन २८.६० प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी १३.४५ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ७.१४ प्रतिशतले बढेर १२.३५ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा ह्वात्तै बढेपछि लघुवित्तले इम्पेयरमेन्ट चार्जमा ३८ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । यही कारण पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्धन उत्थान लघुवित्तको नाफा घटेको हो । 

नाफासँगै समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २१ रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ । हाल लघुवित्तको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६७ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: