×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकमा सीइओ रहेका रमेश राज अर्यालले एकाएक किन दिए राजिनामा ? यसो भन्छन् अर्याल

अर्थ सरोकार

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार

PRIME CA

कुमारी बैंकमा सीइओ रहेका रमेश राज अर्यालले एकाएक किन दिए राजिनामा ? यसो भन्छन् अर्याल

काठमाडौँ । कुमारी बैंक लिमिटेडको सीइओ पदबाट रमेश राज अर्यालले राजिनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै अर्यालले सीइओ पदबाट राजिनामा दिएका हुन् । बैंकको संचालक समितिले उनको राजिनामा स्वीकृत गरिसकेको छ । बैंकले हाल  यस अघि सिनियर डेपुटी सीइओ रहेका रामचन्द्र खनाललाई सीइओ नियुक्त गरिसकेको छ । खनाललाई बैंकको संचालक समितिले ४ बर्षका लागि सीइओ नियुक्त गरेको हो ।
बैंकका पूर्व सीइओ रमेश राज अर्यालले आफ्नो राजिनामाको कारण स्वास्थस्थिति भएको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले केहि समयअघि मात्र आफ्नो अप्रेशनसमेत भएकोले केहि समय आराम गर्नुपर्ने, धेरै खट्न अव नसक्ने लगायतका कारणले आफुले बैंक छोडेको दाबी गरेका छन् । ‘केहि समय अघि मात्र मेरो अपरेशन भएको थियो । अहिले पनि आराम नै गरिरहेको छु । अव धेरै खट्न पनि नसकिएलाजस्तो छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अर्यालले भने, ‘केहि समय आराम नै गर्ने सोचेको छु ।’
अर्यालले आफु बैंकिङ नै छोड्ने निर्णयमा भने पुगिनसकेको बताएका छन् । ‘कुमारी बैंकमात्र छोडेको कि पूरै बैंकिङ नै छोडेको ?’ अर्थ सरोकारको प्रश्नमा उनले भने, ‘अहिले नै बैंकिङ छोड्ने निर्णयमा पुगेको छैन । समय, परिस्थिति के हुन्छ सोहि अनुसार निर्णय गर्नुपर्ला । अहिलेलाईचाहिं आराम नै गर्ने निर्णय गरेको छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: