Skip to content
LAXMI SUNRISE BANK

म्युचुअल फण्डले सेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न नपाउने, बजारमा सप्लाई कम गर्ने प्रयास !

अर्थ सरोकार

काठमाडौँ । बजारमा सप्लाई कम गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डले सेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न नपाउने नियम ल्याएको छ । आज एक निर्देशन जारी गर्दै बोर्डले यस्तो यस्तो व्यवस्था गरेको हो । बोर्डले गरेको निर्णय बमोजिमको व्यवस्था गर्न, गराउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई बोर्डले निर्देशनसमेत दिएको छ।

बोर्डका अनुसार कार्तिक २१, २०८० देखि यो नियम लागु भएअनुसार संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK