×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको ‘बिग एक्सन’: इतिहासमै पहिलोपटक ८८ सूचीकृत कम्पनीलाई एकैपटक कार्वाही

PRIME CA

धितोपत्र बोर्डको ‘बिग एक्सन’: इतिहासमै पहिलोपटक ८८ सूचीकृत कम्पनीलाई एकैपटक कार्वाही

अर्थ सरोकार

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई कार्वाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण समयमा नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कार्वाही गरेको हो ।

बोर्डले कार्वाहीमा परेका कम्पनीहरुलाई धितोपत्र सम्बन्धी ऐनको दफा १०१ मा गरिएको व्यवस्थाअनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराएको छ । 

कार्वाहीमा परेका ८८ मध्ये ६९ कम्पनीलाई वित्तीय विवरण ढिलो गरी बुझाएको भन्दै कारबाही गरिएको छ । ती कम्पनीहरुलाई बोर्डले प्रति कम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । 

त्यस्तै, कार्वाहीमा परेका ८८ मध्ये १९ वटा कम्पनीलाई बोर्डले वित्तीय विवरण नबुझाएको भन्दै कार्वाही गरेको छ । १९ वटा कम्पनीहरुलाई बोर्डले प्रति कम्पनी १ लाख रुपैयाँ जरिवाना तिराएको छ । बोर्डका अनुसार वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश माइक्रोफाइनान्स र जलविद्युत कम्पनी रहेका छन् । 

यति ठूलो संख्यामा समयमा विवरण पेश नगर्ने तथा ढिलो गरी विवरण बुझाउने कम्पनीहरुलाई बोर्डले कार्वाही गरिएको यो पहिलो पटक हो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: