×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा फेरि उठ्यो सेयर बजारका कुरा, पूर्वअर्थमन्त्री पौडेलले भने- ‘सेयर बजार घटेको घट्यै छ, सरकारलाई चासो छैन’

PRIME CA

संसदमा फेरि उठ्यो सेयर बजारका कुरा, पूर्वअर्थमन्त्री पौडेलले भने- ‘सेयर बजार घटेको घट्यै छ, सरकारलाई चासो छैन’

१६ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । संसदमा पुन: सेयर बजारको कुरा उठेको छ । पूर्वअर्थमन्त्री बिष्णु पौडेलले संसद वर्तमान अर्थतन्त्रका विषयमा बोल्ने क्रममा  यस्तो बताएका हुन् । आफ्नो मन्तव्यका क्रममा उनले अर्थमन्त्री र प्रधानमन्त्रीले नै अर्थतन्त्रको अवस्थाका बारेमा थप अभिव्यक्ति दिनु हास्यास्पद रहेकोसमेत बताएका छन् ।
देशको आर्थिक स्थिति ठिक नभएकाले अहिलेको अवस्थामा अर्थतन्त्रका समस्याका समाधान गर्न सरकारले महासम्मेलन गर्नुपर्ने उनको माग छ ।
पौडेलले अर्थमन्त्री र गभर्नरको चिसिएको सम्बन्धले पनि अर्थतन्त्रमा असर परेकोसमेत बताएका छन् । अहिलेको अवस्थामा व्यापारीहरुहरु व्यापार गर्ने अवस्थामा नरहेको, बैंकको ऋण तिर्न सक्ने अवस्थामा ऋणीहरु नरहेको र बैंकमा तरलता हुँदा पनि ऋण लिनेहरु नभएकोले यो गम्भीर स्थितिको अवस्था रहेकोसमेत दाबी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: