×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ महिनाभित्र नेपालमा दर्ता नभए फेसबुक, इन्स्टाग्राम र गुगल पनि बन्द हुने, हेर्नुहोस् निर्देशिकाको पूर्णपाठ

PRIME CA

३ महिनाभित्र नेपालमा दर्ता नभए फेसबुक, इन्स्टाग्राम र गुगल पनि बन्द हुने, हेर्नुहोस् निर्देशिकाको पूर्णपाठ

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तीन महिनाभित्र नेपालमा दर्ता नभए फेसबुक, इन्स्टाग्राम र गुगल पनि बन्द हुने भएको छ । सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० ले तीन महिनाभित्र नेपालमा दर्ता नभए फेसबुक, इन्स्टाग्राम र गुगल लगायतका सामाजिक सञ्जाल बन्द गर्न सकिने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषदद्वारा स्वीकृत भएको उक्त निर्देशिकाको सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरणको उपदफा ७ अनुसार सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ । अर्थात, निर्देशिका जारी भएको तीन महिनाभित्र नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरुले अनिवार्य रुपमा सूचीकृत हुनुपर्नेछ । अन्यथा सरकारले सूचीकृत नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्नेछ ।

तर, नागरिक शिक्षा तथा सामाजिक सशक्तीकरणमा मात्र केन्द्रित भई सञ्चालनमा रहेका समाजिक सञ्जाल प्लेटफर्मलाई भने उक्त प्रावधान लागू नहुने निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यस्तै, एक लाख भन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरुले अनिवार्य रुपमा नेपालमा सम्पर्क बिन्दु राख्नुपर्नेछ । साथै, तीन महिनाभित्रमा अनिवार्य रुपले आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ । यस्तो छ निर्देशिकाको पूर्णपाठः

social media directive
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: