×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवा प्रचारका लागि नेपाली कम्पनीहरुले राखेका टिकटक कन्टेन्ट क्रिएटर बेरोजगार बन्दै, ’अर्को निर्णय नहुन्जेल अफिस नआउन सन्देश’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेवा प्रचारका लागि नेपाली कम्पनीहरुले राखेका टिकटक कन्टेन्ट क्रिएटर बेरोजगार बन्दै, ’अर्को निर्णय नहुन्जेल अफिस नआउन सन्देश’

Artha Sarokar

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल सरकारले टिकटक ब्याण्ड गरेपछि विभिन्न कम्पनीहरुले सेवा तथा उत्पादन प्रचारप्रसारका लागि राखेका टिकटक कन्टेन्ट क्रिएटरहरु बेरोजगार बनेका छन् ।

सोमबार सरकारले टिकटक नै नेपालमा ब्याण्ड गर्ने भनी निर्णय गरेर कार्यन्वयनको चरणमा गएपछि विभिन्न कम्पनीहरुले तिहारको विदामा रहेका कन्टेन्ट क्रिएटरहरुलाई सन्देश पठाएर अर्को निर्णय नहुन्जेलसम्म अफिस नआउन भनेका छन् ।

टिकटकको बढ्दो लोकप्रियतासँगै विभिन्न कम्पनीहरुले कन्टेन्ट क्रिएटर ’हायर’ गरेका थिए । यसरी टिकटकको कन्टेन्ट बनाउनकै लागि पनि हजारौंको रोजगारी पाएका थिए । अन्ततः ती अधिकांश कन्टेन्ट क्रिएटरको जागिर गएको छ ।

यद्यपी तिहार विदा लगत्तै विभिन्न कानुन व्यवसायीहरु यस विरुद्ध रिट लिएर सर्वोच्च अदालत जाँदैछन् । अदालतले सरकारको निर्णय उल्टाएको खण्डमा भने पुनः जागिरमा आउन सक्ने आशयसमेत विभिन्न कम्पनीहरुले व्यक्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी