×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेप्सेकाे पुनर्संरचना राेकेर आउने नयाँ स्टक एक्सचेन्जका विरुद्ध अदालत जान्छु, बोर्ड र मेरो सहमति प्रमाण काफी छ’

अर्थ सरोकार

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार

PRIME CA

‘नेप्सेकाे पुनर्संरचना राेकेर आउने नयाँ स्टक एक्सचेन्जका विरुद्ध अदालत जान्छु, बोर्ड र मेरो सहमति प्रमाण काफी छ’

काठमाडौँ । तिलक कोइरालाले नेप्सेको पुन:संरचना रोक्ने कदमविरुद्ध अदालत जाने दोहोर्याएका छन् । अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडी बढाउन निर्देशन दिएपछि अर्थ सरोकारसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘५८ बुँदे प्रतिवेदन र १९ बुँदे सहमति उल्लङ्घन गरी नेप्सेकाे पुनः संरचना राेक्ने कदम बिरूद्द अदालत गईन्छ ।’ कोइरालाले अर्थ सरोकारसँग भने- ‘धिताेपत्र बाेर्ड र मबीच भएकाे सहमति प्रमाण काफी छ ।’
उनले यस अघि एक सार्वजनिक कार्यक्रममै नेप्सेको पुनर्संरचनाको काम रोकेर नयाँ स्टक एक्सचेन्ज ल्याए आफु अदालत जाने घोषणा गरेका थिए ।
अर्थ समितिको शुक्रबार बसेको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ । यसमा रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले नोट अफ डिसेन्ट लेखेका छन् ।
रास्वपा सांसद हरि ढकालले पनि अर्थ समितिको यो निर्णयमा आपत्ति जनाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: