×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive: यस्तो छ सार्वजनिक लेखा समितिमा सेयर लगानीकर्ताले बुझाएको उजुरी र गरिएको मागदाबी

PRIME CA

Exclusive: यस्तो छ सार्वजनिक लेखा समितिमा सेयर लगानीकर्ताले बुझाएको उजुरी र गरिएको मागदाबी

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । इन्स्योरेन्स कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न स्वीकृति दिँदा भ्रष्टाचार भएको विषय अहिले चर्चामा छ । केही समय अघि लगानीकर्ता तिलक कोइरालासहितको टोली सोही मुद्धा लिएर अख्तियारसम्म पुगेको थियो । सो उजुरीपछि अख्तियारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा प्राधिकरणले प्रियिममा आईपीओ नियमसंगत रहेको जवाफ पठाएको थियो ।

तर, अख्तियारबाट उक्त विषयको टुँगो लाग्ने स्थिति नदेखेपछि लगानीकर्ता तिलक कोइरालाले एक उजुरी सार्वजनिक लेखा समितिमासमेत पठाएका थिए । सोही उजुरीका आधारमा सार्वजनिक लेखा समितिले हिमालयन रि इन्स्योरेन्सहित प्रिमियमका सबै आईपीओहरुमाथि प्रश्न गरेको छ ।

लगानीकर्ताले समितिमा पठाएको उजुरीमा के थियो ?
लगानीकर्ताले सार्वजनिक लेखा समितिमा दिएको उजुरीमा इन्स्योरेन्स कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न दिँदा बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को उल्लंघन भएको उल्लेख गरिएको छ । उजुरीमा आइएमई लाइफ, रिलायबल लाइफ, सन लाइफ र सिटिजन लाइफलाई प्रिमियममा आईपीओ जारी गर्न दिएर कुल ६ अर्ब ४८ करोड १३ लाख २० हजार रुपैयाँ सर्वसाधारणबाट ठगी गरिएको आरोप लगाइएको छ ।

त्यस्तै, उक्त उजुरीमा हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिँदा सर्वसाधारणबाट ३ अर्ब २४ करोड रुपैयाँ ठगी हुने देखिएको समेत उल्लेख गरिएको छ ।

योसँगै लगानीकर्ताले आईपीओको सम्पूर्ण प्रक्रियलाई तत्काल स्थगित गरी धितोपत्र बोर्डले २०७७ सालमा जारी गरेको बुक बिल्डिङ कार्यविधि अनुरुप मात्रै आईपीओ जारी गराउने गरी निर्देशन जारी गर्न माग गरेका छन् । त्यस्तै, उनीहरुले उजुरीपत्रमा उल्लेख गरिएका बीमा कम्पनीहरुलाई संचालन स्वीकृति (लाइसेन्स) दिँदाको प्रावधान र आईपीओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभुकर्ता, रेटिङ एजेन्सी, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरुको छानविन गर्न पनि माग गरेका छन् ।

यस्तो छ लगानीकर्ताले सार्वजनिक लेखा समितिमा दिएको उजुरीपत्रः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: