×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२८ घण्टा वार्ता बसेपछि मिल्यो आशा लघुवित्तको आन्दोलन, यस्तो छ सहमति पत्र (सहमतिपत्रसहित) 

PRIME CA

२८ घण्टा वार्ता बसेपछि मिल्यो आशा लघुवित्तको आन्दोलन, यस्तो छ सहमति पत्र (सहमतिपत्रसहित) 

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन र कर्मचारीबीचको टसल अन्त्य भएको छ । हाकिमहरुले कर्मचारीमा भेदभाव गरेको, दुर्व्यवहार गरेको, काम गर्ने वातावरण बिगारेको तथा साबिकको राष्ट्र उत्थान लघुवित्तबाट मर्जरपछि आएका कर्मचारीहरुलाई अनुचित व्यवहार गरेको आरोप लगाउँदै विभिन्न मागसहित आन्दोलनमा उत्रिएका कर्मचारी र संस्थाको व्यवस्थापनबीच सहमति भएको हो । 

सामूहिक राजिनामा दिएका १९७ कर्मचारी र व्यवस्थापन पक्षबीचको २४ घण्टाको वार्तापछि आन्दोलन सहमतिमा टुंगिएको हो । कर्मचारी र व्यवस्थापनबीचको बैठक काठमाडौँको महाराजगंजस्थित ईन्द्रेणी फुलल्याण्डमा बसेको थियो । पहिलो दिन कुरा नमिलेपछि बैठक नष्कर्षविहीन भएर टुंगिएको थियो । तर, दोस्रो दिनको अन्तिममा सहमति भएको वार्तामा सहभागी कर्मचारी आन्दोलनका संयोजक दिपेश बुढाथोकीले बताएका छन् ।

बुढाथोकीका अनुसार आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीचको १६ बुँदे सहमतिपछि मंसिर १ गतेदेखि चर्किएको आन्दोलन अन्त्य भएको छ । योसँगै अब आन्दोलनरत कर्मचारीहरु पुनः कममा फर्किनेछन् ।

वार्तामा संस्थाको व्यवस्थापन पक्षबाट कामु सीइओ बद्री प्रसाद अधिकारी, जगन्नाथ कुईकेल, सुरेश बोहरा र रविन खतिवडा सहभागी भएका थिए भने कर्मचारीका तर्फबाट दिपेश बुढाथोकी, हरिशरण भण्डारी र रमेश शर्मा सहभागी भएका थिए । यस्तो छ कर्मचारी र व्यवस्थापन पक्षबीच भएको सहमतिपत्रः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: