×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी बढेका बेला अर्थमन्त्रीको टिप्पणी- ‘महिलाले नेतृत्व गरेका सहकारीको भविष्य उज्ज्वल छ’

PRIME CA
GLOBAL IME BANK

सहकारी ठगी बढेका बेला अर्थमन्त्रीको टिप्पणी- ‘महिलाले नेतृत्व गरेका सहकारीको भविष्य उज्ज्वल छ’

१५ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्ज्वल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्या–४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिलाहरु जिम्मेवारीलाई गम्भीररुपमा लिएर काम गर्ने बताएका हुन् ।

उनले सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको भन्दै सरकारले यसमा सहयोग पनि गरिरहेको बताएका छन् ।

‘आफूले उत्पादन गर्न खोजेको वस्तु पुँजीको अभावमा समस्या भोग्नुपर्थ्यो, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरी छ । पछिल्लो समय सहकारी बदनाम पनि भयो ।’, अर्थमन्त्री महतले भने, ‘ कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ भन्ने नै थाहा हुँदैन तर बचतकर्ता देशैभरी छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे ।’

युवाहरु विदेशिने प्रक्रिया बढेसँगै घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएको अर्थमन्त्रीको भनाई छ । ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् ।’, उनले भने, ‘अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’

गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्ने उनले बताए । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको पनि उनको भनाइ थियो । यस्तै, उनले ठूला ठूला भाषण गर्ने होइन सक्ने मात्रै बोल्ने र काम गरेर देखाउने आफ्नो बानी रहेको पनि बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: