×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिसामा कडाइ गर्दै अष्ट्रेलिया, भाषा परीक्षाको मापदण्ड बढाइने, कम दक्ष विद्यार्थीको प्रवेशाज्ञामा पनि विशेष निगरानी ! 

अर्थ सरोकार

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार

PRIME CA

भिसामा कडाइ गर्दै अष्ट्रेलिया, भाषा परीक्षाको मापदण्ड बढाइने, कम दक्ष विद्यार्थीको प्रवेशाज्ञामा पनि विशेष निगरानी ! 

काठमाडौँ । अष्ट्रेलियाले भिसामा कडाइ गर्ने भएको छ । सोमबार नयाँ नीति सार्वजनिक गर्दै अष्ट्रेलियाले भिसामा कडाइ गर्ने नीति लिएको हो । मुलुकको अध्यागमन प्रणाली संकटमा परेको निष्कर्ष निकाल्दै आप्रवासनको संख्या घटाउन भिसामा कडाइ गर्ने तयारी गरिएको अष्ट्रेलियाका गृहमन्त्री क्लेनर निलले बताएका छन् । 

नीलका अनुसार अष्ट्रेलिया सरकारले आगामी दुई वर्षभित्र आप्रवासनको संख्या आधाले घटाउने तयारी गरेको छ । योसँगै अष्ट्रेलियामा कम दक्ष विद्यार्थीका लागि प्रवेशाज्ञामा कडाइ गरिने भएको छ ।

पछिल्लो समय अष्ट्रेलियामा आप्रवासनमा ह्वात्तै वृद्धि भएपछि आवास तथा पूर्वाधार व्यवस्थापन मुख्य चुनौती बनेको अष्ट्रेलिया सरकारले निष्कर्ष निकालेको छ । योसँगै अष्ट्रेलियाले वार्षिक २ लाख ५० हजारले आप्रवासन कटौती गर्न लागेको गृहमन्त्री क्लेनरले बताएका छन् । तथ्यांकअनुसार सन् २०२३ मा मात्रै ५ लाख १० हजार मानिस उच्च शिक्षा तथा रोजगारीका लागि अष्ट्रेलिया पुगेका छन् । 

अब अष्ट्रेलिया जानका लागि भाषा परीक्षाको मापदण्डमा थप कडाइ गरिनेछ भने विद्यार्थी भिसा सकिएर फेरी सोही भिसामा आवेदन दिएकाहरुका निम्ति कडा प्रावधान लागू गरिनेछ । 

अष्ट्रेलियाले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल करिब ६ लाख ५० हजार अन्तराष्ट्रिय विद्यार्थीहरु भिसा थप गर्दै बसिरहेको पाइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: