Skip to content
LAXMI SUNRISE BANK

ऋण लिएर विदेश जाने नेपालीको संख्या नै ८० प्रतिशत, फर्किएर पनि ५० प्रतिशतले ऋण तिर्न सक्दैनन् !

अर्थ सरोकार

काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नागरिक ऋण लिएर विदेश जाने गरेको पाइएको छ । प्रवासी समन्वय समिति (पिएनसिसी)मा सन् २०१४ देखि २०२२ सम्म दर्ता भएका श्रमिकहरुसँग सम्बन्धित अध्ययनले यस्तो देखाएको हो ।

उक्त अध्ययनका अनुसार यसरी ऋण लिएर वैदेशिक रोजगारीमा विश्वका विभिन्न मुलुक गएका नेपालीहरुले रोजगारीबाट फर्किएर पनि विदेश जाँदा लिएको ऋण तिर्न नसकेको देखिन्छ ।

यसरी ऋण तिर्न नसक्ने नेपालीहरुको संख्या ५० प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यसैमाथि वैदेशिक रोजगारीबाट फर्किसकेपछि पनि उनीहरु थप आर्थिक जोखिममा रहेको अध्ययनमा उल्लेख छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका ७२ प्रतिशत श्रमिकले बचत गर्न नसकेको देखिएको छ । उनीहरूले आय आर्जन गरेको पुँजी नेपालमा लगानी गर्नका लागि पनि चुनौती देखिएको अध्ययनले देखाएको छ ।

मंसिरमा मात्रै नेपालबाट वैदेशिक रोजगारीमा विदेशिने नेपालीको संख्या ७१ हजार नाघेको छ । औषतमा दैनिक दुई हजार युवाले देश छोडिरहेको पनि अध्ययनले देखाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK