×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीमा खोरबाटै बोका चोर्ने दुई ‘बोका चोर’ पक्राउ, प्रहरीसँग भने- ‘केही मासु खायौँ, केही मासु बेचेर सकियो’

PRIME CA

गुल्मीमा खोरबाटै बोका चोर्ने दुई ‘बोका चोर’ पक्राउ, प्रहरीसँग भने- ‘केही मासु खायौँ, केही मासु बेचेर सकियो’

२ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गुल्मीबाट बोका चोर्ने दुई ‘बोका चोर’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिकाका २३ वर्षका वीरेन्द्र परियार र सोही ठाउँका परिवर्तित नाम ४६ रेसुङ्गा (१) रहेका छन् । उनीहरु दुवै जनालाई बोका चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताएका छन् ।

डिएसपी पाण्डेका अनुसार उनीहरुले गत मंसिर १५ गते राती रेसुङ्गा नगरपालिका–५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरको घरबाट बोका चोरेका थिए ।

सो दिन आफ्नो खोरबाटै बोका चोरी भएको भन्दै कुँवरले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा चोरको खोजी गर्दैजाँदा वीरेन्द्र परियार र थप एकजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन् । उनीहरु दुवै जनालाई गुल्मीदरवार गाउँपालिका–१ बाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालो प्रहरीसँगको बयानमा बोका चोरेको स्वीकारेका छन् । प्रहरीको बयानमा उनीहरुले उनीहरुले चोरी गरेको बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको पनि बताएका छन् । पक्राउ परेको दुवैजनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: