×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘संस्कृतिमन्त्री सुदन किरातीको अभिव्यक्ति केटाकेटीको जस्तो भयो, सार्वजनिक पदमा बस्न उपयुक्त रहेनन्’- दुर्गा प्रसाईं

PRIME CA
GLOBAL IME BANK

‘संस्कृतिमन्त्री सुदन किरातीको अभिव्यक्ति केटाकेटीको जस्तो भयो, सार्वजनिक पदमा बस्न उपयुक्त रहेनन्’- दुर्गा प्रसाईं

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई केटाकेटीको संघ्या दिएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायी प्रसाईंले किरातीले केटाकेटीपन देखाएको बताएका हुन् ।

क्रिष्चियन धर्म नमान्नेहरुलाई जेल हाल्ने किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै व्यवसायी प्रसाईंले मन्त्री किराती सार्वजजनिक पदका लागि उपयुक्त नभएको दाबी गरेका छन् ।

त्यस्तै, प्रसाईंले आफुले क्रिष्चियन धर्म नमान्ने भन्दै सक्ने भए आफुलाई पक्राउ गर्न पनि मन्त्री किरातीलाई च्यालेन्ज गरेका छन् । ‘संस्कृतिमन्त्री सुदन किराती केटाकेटी हुन् । किराती सार्वजनिक पद धारण गर्न उपयुक्त रहेनन्।’, प्रसाईंले भने, ‘धर्मबारे मन्त्री किरातीले दिएको अभिव्यक्ति केटाकेटीको जस्तो भयो । मिसनसहितको क्रिष्चियन धर्म त म नै मान्दिन, सक्छन् भने मलाई पक्राउ गरेर देखाउन् ।’

मन्त्री किरातीले बुधबार प्रज्ञा भवनमा आयोजित उपत्यकाबासी संयुक्त बृहत ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै क्रिष्चियन धर्म नमान्नेलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । मन्त्री किरातीको यस्तो अभिव्यक्तिपछि प्रतिपक्ष र सत्तारुढ दलकै शीर्ष नेताहरुले मन्त्री किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: