काठमाडौँ । विद्युत् बक्यौता महसुल नतिरेपछि जगदम्बा स्टील र घोराही सिमेन्टसहित चार ठूला उद्योगको लाइन काटिएको छ । पटकपटक बक्यौता तिर्न दाबी गर्दा पनि बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरणले चार घोराही सिमेन्टसहित चार उद्योगको विद्युत लाइन काटेको हो ।
प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको जनाएको छ ।
प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड र अर्घाखाँचीको १ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।
प्राधिकरणले लाइन काटिदिएपछि अहिले यी उद्योगको उत्पादन बन्द भएको छ ।
यता उद्योगहरुले भने तत्काल प्राधिकरणले बक्यौता तिर्न सक्ने स्थिति नभएको बताउँदै आएका छन् । प्राधिकरणले विद्युत लाइन काटेपछि केही उद्योगले समय थपको माग गरेका छन् भने केही उद्योग उत्पादन बन्द हुँदा मर्कामा परेको भन्दै पुनः लाइन जोड्ने लविङमा लागेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्