काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले अग्नि सिमेन्टको पनि लाइन काटेको छ । प्राधिकरणले अर्घाखाँचीको शितगंगा नगरपालिका–८ जलुकेस्थित अग्नि सिमेन्टले विद्युत महशुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ नतिरेको भन्दै लाइन काटेको हो । डेडिकेटेड लाइनमार्फत विद्युत उपयोग गरेबापतको रकम भुक्तानी नगरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणको अर्घाखाँची शाखाले जनाएको छ ।
अग्नि सिमेन्टको लाइन काटेसँगै विद्युत प्राधिकरणले लाइन काटेका उद्योगको संख्या २३ पुगेको छ । यी सबै उद्योगले विद्युत महशुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।
पछिल्लो समय विद्युत महशुल नतिर्नेप्रति आक्रामक शैलीमा प्रस्तुत भएको प्राधिकरणले विद्युत महसुलबापतको बक्यौता नतिर्नेहरुको लाइन धमाधम काटेको छ । तर, उद्योगीहरु भने विद्युत महशुल तिर्नुको सट्टा ट्रंक लाइन र डेडिकेटेड लाइनको विवाद मिलाइदिन शक्तिकेन्द्र धाउन थालेका छन् ।
यसैबीच यसअघि लाइन काटिएका उद्योग मालिकहरु विवाद मिलाइदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कहाँ पुगेका थिए ।
यता प्राधिकरणका अनुसार लोडसेडिङको समयमा डेडिकेटेड लाइन प्रयोग गरेबापत ६१ उद्योगले झण्डै २२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ । तिर्न बाँकी बक्यौतासहित बिल पनि प्राधिकरणले सम्बन्धित उद्योगहरुलाई पठाइसकेको छ । बिलिङका आधारमा महसुल नतिर्ने सबै उद्योगको लाइन काटिने प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्