काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्नुपर्ने बताएका छन् । कसैको निहित स्वार्थका लागि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु दुर्भाग्य हुने भन्दै सांसद थापाले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् ।
संसदीय समितिको निर्देशनको आडमा धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन नहुने सांसद थापाको भनाई छ । उनले नयाँ स्टक एक्सचेञ्जको लागि अनुमति दिनुभन्दा पहिला पूँजीबजारको अवस्थाबारे अध्ययन गर्न पनि सुझाव दिएका छन् । ‘नेपाल स्टक एक्सेन्जको अनुमति दिनुभन्दा पहिला पुँजीबजारको अवस्थाबारे अध्ययन गर्नुपर्छ । संसदीय समितिको निर्देशनको दबाबमा परेर केही समूहलाई पोस्ने र फाइदा हुने गरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु हुँदैन ।’, उनले भने, ‘एक दुई जना मानिस पोस्नको लागि अध्ययन नगरी नयाँ स्टक एक्सचेञ्जको अनुमति दिने काम दुर्भाग्यपूर्ण हुन्छ ।’
सांसद थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको पनि दाबी गरेका छन् । उनले कुशासनबाट देश थला परेको बेला नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिइयो भने सिंगो देश तातिने बताएका छन् ।
त्यस्तै, उनले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिँदा कुशासनको धब्बा लाग्ने भन्दै प्रधानमन्त्रीलाई सचेत गराएको समेत उल्लेख गरेका छन् । ‘हामीले प्रधानमन्त्रीलाई समयमा नै सचेत गराएका छौँ । नयाँ स्टक एक्सचेञ्जबारे थप अध्ययन गरियोस् ।’, उनले भने, ‘नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको काम निष्पक्ष हुनुपर्छ । होइन भने कुशासनको धब्बा लाग्ने कुरामा सरकारले हात हाल्नु हुँदैन ।’
साथै, सांसद थापाले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने वा नदिने भन्ने विषयमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्