Skip to content
LAXMI SUNRISE BANK

जिबी राईविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी

अर्थ सरोकार

काठमाडौँ । सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब रुपैयाँ ठगी गरेर फरार भएका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई)सहित चार जनाविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित संस्थाका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार गरेको हो ।

सोही पत्रका आधारमा राईसहितका चार जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्ने कि नगर्ने विषयमा अध्ययन गरिरहेको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा स्रोतले बताएको छ ।

स्रोतका अनुसार हाल इन्टरपोल शाखाले ‘डिफ्युज नोटिस’ जारी गर्न अपुग भएका कागजात तथा विवरण मगाउने तयारी गरेको छ ।

‘डिफ्युजन नोटिस’ जारी गर्नका लागि आवश्यक प्रक्रिया पूरा भएपछि इन्रपोल शाखाले इन्टरपोललाई अनुरोध गर्नेछ । त्यसप्रश्चात इन्टरपोलकै अधिकारीले थप अध्ययन गरी नोटिस जारी गर्नेछन् ।

सूर्यदर्शन सहकारीमा भएको अरबौँ हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएका सहकारीका सञ्चालकसहित १८ जना फरार छन्  उक्त प्रकरणमा प्रहरीले सहकारीका कोषाध्यक्ष कुमार रम्तेल मात्रै पक्राउ परेका छन् । फरार रहेका जिबी राई ग्यालेक्सी टिभीका सञ्चालक पनि हुन् । उनी फरार भएपछि हाल ग्यालेक्सी टिभी पनि बन्द भएको छ ।

हालसम्म जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीमा एक अर्ब ११ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK