×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा घरजग्गा मेला आयोजना हुँदै, दुई अर्ब ५० करोड बढिको कारोबार हुने अपेक्षा !

PRIME CA

काठमाडौँमा घरजग्गा मेला आयोजना हुँदै, दुई अर्ब ५० करोड बढिको कारोबार हुने अपेक्षा !

अर्थ सरोकार

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार

काठमाडौँ । काठमाडौँमा घरजग्गा मेला हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा पुष १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताएका छन् ।

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताएका छन् ।

‘भृकटिमण्डपमा यो एक्स्पो पुष १२ गतेदेखि १५ गतेसम्म हुँदैछ । हाम्रोजस्तो देशमा यो घरजग्गा शेयरको बजारजस्तै गरेर बजारको अवस्था छैन । यही कारणले पनि प्रत्येक वर्ष घरजग्गा मेला गर्दै आएका छौँ । कोभिडले गर्दा केही वर्ष गर्न सकेनौँ र अहिले अवस्था अलि विपरित भए पनि बायर्स र सेलर्सको कुरामा महत्वपूर्ण छ ।’, उनले भने, ‘सबै सेलर्सहरु हुनुहुन्छ, कहाँ कति अपार्टमेण्टहरु बन्दैछ, र घरजग्गा कस्तो कम्पनीबाट कहाँ बिक्री हुँदैछ भन्नेकुराको जानकारी आउनेछ । यो घरजग्गाको मेला भनेको मार्केट भयो, त्यसको जानकारी गर्नका लागि हामीले यो मेला शुरु गरेको हो । यो हरेक नागरिकलाई महत्वपूर्ण छ ।’

त्यस्तै, अध्यक्ष धमलाले अहिलेको देशको आर्थिक अवस्था केही असहज भएपनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताएका छन् । हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने उनको भनाई छ ।

धमलाले यसवर्ष एक्स्पोमार्फत २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: