×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिको आईपीओ रोक्न परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, आईपीओको बाटो खुल्यो

अर्थ सरोकार

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार

PRIME CA

हिमालयन रिको आईपीओ रोक्न परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, आईपीओको बाटो खुल्यो

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सको आईपीओ रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता भीमसेन रायमाझी र यम प्रसाद भट्टराईले हिमालयन रिको आईपीओ रोक्न भन्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

हिमालयन रिले मंसिर २७ गते (भोली) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गर्न लागेको छ । सोही आईपीओ रोक्न भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो । तर, हिमालयन रिको आईपीओ रोक्न सर्वोच्चले अन्तरिम आदेश नदिने भएपछि कम्पनीले मंसिर २७ गते नै आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको २ करोड ४९ लाख कित्ता सेयरका लागि मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरबाट दिन सकिनेछ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । जसमध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: