काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच सम्झौता भएको छ । इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो ।
सो सम्झौतापत्रमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका सञ्चालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगदरहित हस्पिटलाइजेसन प्राप्त गर्न सकिनेछ ।
सोही अवसरमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफ्ना ग्राहकलाई इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका थिए ।
साथै, अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्