×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्दो ट्रेण्डमा ब्याजदरः ४ वाणिज्य बैंकपछि गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि ब्याजदर घटाए 

अर्थ सरोकार

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार

PRIME CA

घट्दो ट्रेण्डमा ब्याजदरः ४ वाणिज्य बैंकपछि गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि ब्याजदर घटाए 

काठमाडौँ । गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ब्याजदर घटाएका छन् । बुधबार एक सूचना प्रकाशित गर्दै दुवै बैंकले ब्याजदर घटाएको जानकारी दिएका हुन् । दुवै बैंकले घटाएको ब्याजदर २७ मंसिर (बुधबार) देखि नै लागू हुनेछ । 

नयाँ ब्याजदर अनुसार गरिमा विकास बैंकले १ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.४० प्रतिशत र १ वर्षभन्दा मुनिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.३० ब्याजदर दिने भएको छ । यसअघि बैंकले यस्तो ब्याजदरमा क्रमशः ९.७५ प्रतिशत र ९.५० प्रतिशत ब्याजदर दिँदै आएको थियो । 

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले १ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ९ प्रतिशत र ३ देखि ६ महिनाभन्दा मुनीको मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत तोकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि मंसिरमावर्षमाथिको मुद्दती निक्षेपमा १०.६० प्रतिशत र १ वर्ष भन्दा मुनिको मुद्दती निक्षेपमा १०.५० प्रतिशत ब्याज दिँदै आएको थियो । 

यसअघि एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंकले ब्याजदर घटाइसकेको छन् । वाणिज्य तथा विकास बैंकहरुले भकाभक ब्याजदर घटाउन थालेपछि अहिले अन्य बैंकहरु पनि ब्याजदर घटाउने दबाबमा परेका छन् । अन्य वाणिज्य र विकास बैंकहरु पनि ब्याजदर घटाउने तयारीमा रहेको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: