काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पुर्वमन्त्री रामकुमारी झाँक्रीले पूँजी, प्रविधि र व्यावसायिकता नभएर सेयर लगानीकर्ताले ठगिनु परेको बताएकी छिन् । बजारका बैंक, वित्तिय संस्था, ब्रोकरलाई नेप्सेको सेयर बाँड्नु वा यिनै संस्थाहरूको संयुक्त लगानीमा अर्को स्टक खोल्नुले आजको अवस्थामा तात्त्विक फरक वा सकारात्मक प्रभाव नपार्ने बताउँदै उनले नेप्सेमा प्रोफेसनल ईथिक्स भएको मान्छे जान नदिने अनि कसरी प्रोफेसनालिज्म खोज्नु ठिक नभएकोसमेत तर्क गरेकी छिन् ।
‘नयाँ स्टक संचालन गर्ने वा नेप्सेलाई पुर्नसंरचना गरी संचालन गर्ने भन्ने विषयले बारम्बार चर्चा पाएको देखिन्छ। बजारका बैंक, वित्तिय संस्था, ब्रोकरलाई नेप्सेको सेयर बाड्नु वा यिनै संस्थाहरूको संयुक्त लगानीमा अर्को स्टक खोल्नुले आजको अबस्थामा तात्त्विक फरक भनौ वा सकारात्मक प्रभाव पर्दैन। लामो समयको अध्ययन पछि निकालिएको निश्कर्ष भनेको हालको स्टक एक्सचेन्ज (नेप्से) को पूँजीलाई पुनरसंरचना गरी करीव ४९% सेयर विदेशी स्टकलाई रणनितीक साझेदारको रूपमा भित्राउनु हो। जसले पूँजी, प्रविधि र प्रोफेशनालिज्म भित्राउन सहयोग गर्छ। यिनै नेपालीको पूँजीको पुनर्संरचना गरी बाँडफाड गर्दा बिदेशी पूँजी, प्रविधि र ब्यवशायिक संस्कृति आउने कुरा भएन। घिसीमिटी चलेको नेप्से जस्तै अर्को स्टक चल्छ, दुबै स्टकमा नेपाली कम्पनी लिष्टडेड हुन्छन, जसले केही समय लगानीकर्ता र ब्रोकरले सुन्निएर मोटाएको अनुभूति गर्छन, अन्तिममा ठगिने लगानी कर्ता नै हुन। सरकार पनि यस्तै मान्छेको कुरामा बहकिएर निर्णय गर्छ। विगतमा यसबारे के भएको थियो हेर्दैन। विचार गरौ है, पूँजीबजारमा अधिक हिस्सा वित्तिय संस्थाको छ, त्यस पछि जलविधुतको। रियल सेक्टर र म्यानीफ्याक्चरीङ कम्पनी खै त नेपालमा लिस्टेड भएको? अनि यति सानो पूँजीबजार स्टकको एकाधिकार भएर नचलेको होईन, पूँजी, प्रविधि र ब्यवशायिकता नभएर लगानी कर्ताले ठगिनु परेको हो। धितोपत्र बोर्डमा यस्तै गैह्रब्यवशायिक मान्छेको नियुक्ति, नेप्सेमा प्रोफेसनल ईथिक्स भएको मान्छे नदिने अनि कसरी आउँछ प्रोफेसनालिज्म? विचार गरौ समय छ है।’ उनले सामाजिक संजालमा लेखेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्