×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

`घुमीफिरी रुम्जाटार´ शैलीमा ज्योतिको सिइओ भए कपिल ढकाल, यता सिइओ हुने सर्तमै छोडेका थिए एनआईसी

अर्थ सरोकार

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार

PRIME CA

`घुमीफिरी रुम्जाटार´ शैलीमा ज्योतिको सिइओ भए कपिल ढकाल, यता सिइओ हुने सर्तमै छोडेका थिए एनआईसी

काठमाडौँ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो । 

एनआईसी एशिया बैंकमा एसिइओ रहेका उनलाई सिइओ बनाउने सर्तमै सिनियर डेपुटी सिइओका रुपमा ज्योति बिकास बैंकमा भित्र्याईएको थियो । बोर्डले आफ्नो विकल्प खोजिसकेको थाहा पाएपछि तत्कालीन सिइओ श्रीचन्द्र भट्टले बैंक छोडेका थिए । भट्टले बैंक छोडेपछि उनलाई कामु सिइओ बनाइयो । त्यसको केहि समयपछि उनलाई बैंकको सिइओका रुपमा नियुक्त गरिएको छ ।

एनआईसी एशिया जानुअघि उनी हाम्रो बिकास बैंकमा सिइओ थिए । हाम्रो बिकास बैंक ज्योतिसँग मर्जरमा जाने भएपछि उनले बैंक छोडेका थिए । उनले हाम्रो बिकास बैंक छोडेपछि सो बैंकमा सिए पारस राज कंडेल सिइओ भए । उनै कंडेलपछि ज्योति बिकास बैंकमा केही समयलाई कामु सिइओसमेत भए ।

बोर्ड सुरुमा कंडेललाई नै भावी सिइओ बनाउन चाहान्थ्यो । तर, कंडेलको शैक्षिक योग्यतामाथि सार्वजनिक रुपमै प्रश्न उठेपछि र सो प्रश्नको जवाफ दिनुको साटो उनी प्रश्न उठाउने संचारमाध्यममाथि नै जाईलाग्न खोजेपछि बोर्ड यो तयारीबाट ब्याक भएको थियो । ढकाल सिइओ नियुक्त भएसँगै अब कंडेल सो बैंकबाट नै बाहिरिने चर्चासमेत सुरु भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: