×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तमा कर्मचारी आन्दोलनः कालोपट्टी बाँधेर ‘पेन डाउन’पछि अव तालाबन्दी गर्ने तयारी !

PRIME CA

नेरुडे लघुवित्तमा कर्मचारी आन्दोलनः कालोपट्टी बाँधेर ‘पेन डाउन’पछि अव तालाबन्दी गर्ने तयारी !

३ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कर्मचारीको सेवा सुविधाको विषयमा भएका सम्झौता कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका नेरुडे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन् । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई पत्र लेख्दै कर्मचारी युनियनले पूर्वनिर्धारित घोषणाअनुसार ‘पेन डाउन’ गरेका जानकारी दिएका छन् ।

कर्मचारी मागहरु सम्बोधन गर्न नसकिने भन्ने व्यवस्थापनको जवाफपछि पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको कर्मचारी युनियनका अध्यक्ष राम प्रसाद ढुंगानाद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । ।

कर्मचारी युनियनले जारी गरेको पत्र अनुसार लघुवित्तका कर्मचारीहरुले गत मंसिर २९ र ३० गते संस्थाको उपशाखा, शाखा, युनिट तथा प्रदेश र केन्द्रीय कार्यालयमा १ घण्टा ‘पेन डाउन’ गरेर विरोध जनाएका थिए । त्यसपछि पुष १ र २ गते कर्मचारीहरुले कालोट्टी बाँधेर शाखा, उपशाखा, युनिट, प्रदेश र केन्द्रीय कार्यालयमा विरोध जनाएका छन् । त्यस्तै, पुष ३ गते (मंगलबार) प्रदेश तथा युनिट कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको कर्मचारी युनियनद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।

बढुवा हुनुपर्ने कर्मचारीको बढुवा नभएको, तलब बढ्नुपर्ने समय आउँदा पनि तलब नबढेको लगायतका कारण नेरुडे लघुवित्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले लघुवित्तका सीइओलाई पत्र लेख्दै गत मंसिर २४ गते नै माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका थिए ।

तर, माग सम्बोधनका विषयमा व्यवस्थापन पक्षले चासो नदेखाएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग तथा सम्झौता कार्यान्वयनमा व्यवस्थापनले चासो नदेखाए आन्दोलन थप चर्काउने कर्मचारीहरुले चेतावनीसमेत दिएका छन् । हाल कर्मचारीको आन्दोलनका कारण संस्थाको सेवा प्रवाहका कठिनाई भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: