काठमाडौँ । इन्साइडर ट्रेडिङ्ग गरेको आरोपमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का उच्च व्यवस्थापक र सञ्चालकविरुद्ध उजुरी परेको छ । हकप्रद सेयरको नाममा इन्साइडर ट्रेडिङ गरेको भन्दै छानविनका लागि कम्पनीका व्यवस्थापक र सञ्चालविरुद्ध नियामक नेपाल धितोपत्र बोर्डमा उजुरी परेको हो ।
निवेदक कुमार बहादुर आचार्यले दिएको उजुरीमा एलआईसी नेपालले २०७९ भदौ १४ गते हकप्रद सेयर जारी गर्ने घोषणा गरेको तर सो भन्दा दुई महिनाअघि नै कम्पनीको सेयर मूल्य ३२ प्रतिशतसम्मले वृद्धि गरेर १४ सय रुपैयाँसम्म पुर्याएको उल्लेख गरिएको छ ।
कम्पनीले २०८० असार १५ गते नेपाल बीमा प्राधिकरणबाट आफ्नो चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति पाएको थियो । तर, बीमा प्राधिकरणबाट हकप्रद सेयरको अनुमति पाएर पनि उक्त सूचना साढे तीन महिनासम्म लुकाएर कम्पनीका व्यवस्थापक तथा सञ्चालकले इन्साइडर ट्रेडिङ गरेको पनि उजुरीमा उल्लेख छ । साथै प्राधिकरणबाट स्वीकृति लिएको साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै कम्पनीले हकप्रद सेयर जारी गरिपाउँ भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको पनि बोर्डमा परेको उजुरीमा उल्लेख गरिएको छ ।
त्यस्तै, उजुरीमा हकप्रद सेयरका नाममा एलआईसीका व्यवस्थापक तथा सञ्चालकले बजारमा चलखेल गरेको विभिन्न आठवटा आधार तथा प्रमाण उल्लेख गर्दै निवेदक आचार्यले छानविन गरी तत्काल कार्वाहीको मागसमेत गरेका छन् । यस्तो छ बोर्डमा परेको उजुरीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्