×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ३ सय ६ रुपैयाँ ऋण !

PRIME CA
GLOBAL IME BANK

नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ३ सय ६ रुपैयाँ ऋण !

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब नाघेको छ । सरकारले गरेको जथाभावी खर्च र अनुत्पादक क्षेत्रमा गरिएको लगानीका कारण सरकारको सार्वजनिक ऋण साढे २३ खर्ब नाघेको हो ।

हाल नेपाल सरकारको सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । योसँगै प्रत्येक नागरिकको टाउकोमा सार्वजनिक ऋण ८१ हजार नाघेको छ ।

२०७८ सालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ को हिसाबले प्रत्येक नेपालीको टाउकोमा ८१ हजार ३ सय ६ रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

गत कात्तिक महिनासम्म एक नेपालीको टाउकोमा ८० हजार ८ सय १९ रुपैयाँ सार्वजनिक ऋण रहेको थियो । तर, सरकारको सार्वजनिक ऋण बढेसँगै प्रत्येक नेपालीको टाउकोमा सार्वजनिक ऋणको हिस्सा ८१ हजार नाघेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: