काठमाडौँ । लोकसेवा आयोगले कानमा इयरफोन लगाएर परीक्षा दिनेलाई कारवाही गरेको छ । आयोगको लिखित परीक्षा इयरफोन लगाएर दिएको भन्दै रुकुम पश्चिमका दीपक नेपालीलाई कारवाही गरिएको हो । आयोगले नेपालीलाई दुई वर्षका लागि कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।
आयोगले काठमाडौँमा लिएको अमिनको परीक्षामा नेपालीले दाहिने कानमा इयरफोन लगाएर मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेका थिए । आयोगले उनले परीक्षामा गरेको क्रियाकलापलाई अमर्यादित भन्दै परीक्षासमेत रद्द गरेको छ । नेपालीले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) बमोजिमको कसुर गरेको पाइएकोले सोही ऐनको दफा ४१ (२) को खण्ड (क) बमोजिम कारवाही गरिएको आयोगले जनाएको छ ।
आयोगको कारवाहीसँगै नेपालीलाई आयोगको परीक्षामा दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ । अब उनी दुई वर्षसम्म आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
त्यस्तै, आयोगले खरिदार पदका उम्मेदवार विनेद बाबु शर्माको परीक्षा पनि रद्द गरेको छ । आयोगले उनको उत्तर पुस्कितामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै परीक्षा रद्द गरेको हो ।
त्यस्तै, आयोगले महेन्द्रनगरबाट दिवाकर सापकोटाको परीक्षा पनि रद्द गरेको छ । सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना नै च्यातेको भन्दै लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१(१) अनुसारको कसुर भएको भन्दै सापकोटाले उक्त विज्ञापनमा दिएको सबै परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्