×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकबाट पैसा झिकेर सहकारीको कार्यालय जाँदै गर्दा हतियार देखाएर लुटियो रकम !

PRIME CA

एनआईसी एशिया बैंकबाट पैसा झिकेर सहकारीको कार्यालय जाँदै गर्दा हतियार देखाएर लुटियो रकम !

२९ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनआईसी एशिया बैंकबाट पैसा झिकेर सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ हनुमान चोक नजिकैबाट रकम लुटिएको हो ।

भएको के हो ? 
सर्लाहीको हरिपुर्वा नगरपालिका-५ स्थित जयगंगा बचत तथा ऋण सहकारी संस्थाको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा राय बिहीबार बिहान पैसा झिक्न एनआईसी एशिया बैंकको शाखा कार्यालय पुगेको थिए । सहकारीका अध्यक्ष गणेशकुमार यादवका अनुसार एनआईसी एशिया बैंकमा पुगेका सहकारीका कर्मचारीहरुले बैंकबाट पैसा पनि झिके । 

बैंकबाट पाँच लाख रुपैयाँ झिकेपछि सहकारीका कर्मचारीहरु सहकारीको कार्यालयतर्फ फर्किँदै थिए । तर, बैंकको शाखाबाट केही पर पुगेपछि एक्कासी दुईजना लुटेर मोटरसाइकलमा आए र पैसाको झोला खोस्न खोजे । 

सुरुमा त सहकारीका कर्मचारीले प्रतिकार पनि गर्न खोजे तर मोटरसाइलमा आएका लुटेराहरुले एक राउण्ड हवाई फायर नै गरिदिए । गोलीको आवाज सुनेपछि सहकारीका कर्मचारीले लुटेरासँग प्रतिकार गर्न सकेनन् । त्यसपछि उनीहरुले पैसाको झोला लिएर फरार भए । लुटेरा समूहले प्रयोग गरेको मोटरसाइकलको नम्बर भने खुल्न सकेको छैन । 

लुटपाटको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली घटनास्थल पुगे पनि लुटेरालाई भने समात्न सकेको छैन । हाल लुटेराहरुको हुलियाका आधारमा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: