×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलफूल किनेर नक्कली नोट दिने युवक काठमाडौँबाट पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली ? (भिडियोसहित) 

अर्थ सरोकार

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार

PRIME CA

फलफूल किनेर नक्कली नोट दिने युवक काठमाडौँबाट पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली ? (भिडियोसहित) 

काठमाडौँ । काठमाडौँबाट नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् । फलफूल खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार गरेको पाइएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका युवकले काठमाडौँ महानगरपालिका–९ स्थिति विजय चोकमा फलफूल खरिद गरेपछि नक्कली नोट दिएका थिए । 

फलफूल खरिद गरेपछि युवकले दिएको नोटमा शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । 

पक्राउ परेका युवकले उक्त नोट आफूलाई धनुषाका बालकृष्ण भन्ने व्यक्तिबाट प्राप्त भएको बयान दिएका छन् । घर जानका लागि आफूसँग पैसा नभएपछि बालकृष्णसँग पैसा मागेको र उनले आफूलाई पैसा दिएर फलफूल लिएर आउन र बाँकी रकम घर जान लैजान भन्दै ती युवकलाई दिएको प्रहरीको बयानमा उल्लेख छ । पक्राउ परेका युवकको साथबाट प्रहरीले एक हजार दरका चार थान नक्कली नोट बरामद गरेको छ । हाल उनीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: