×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई महिनाअघि डलरमा खुलेको थियो आजियाटाबाट ६ अर्बमा एनसेल किनेको स्पेक्ट्रलाइट यूके !

PRIME CA

दुई महिनाअघि डलरमा खुलेको थियो आजियाटाबाट ६ अर्बमा एनसेल किनेको स्पेक्ट्रलाइट यूके !

अर्थ सरोकार

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मलेसियन कम्पनी आजियाटाबाट ६ अर्बमा एनसेल खरिद गरेको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके दुई महिनाअघि मात्रै खुलेको कम्पनी भएको पाइएको छ । सतीशलाल आचार्य सञ्चालक रहेको उक्त कम्पनी गत सेप्टेम्बर २६ मा एक डलरमा दर्ता भएको पाइएको हो ।

आचार्य नेपाली मूलका सिंगापुरवासी हुन् । नेपालमा उनी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेर क्यापिटल भेन्चर प्रालिको नाममा एनसेलको २० प्रतिशत सेयर यसअघि नै थियो ।

आचार्यले आजियाटाले बेचेको एनसेलको ८० प्रतिशत सेयर किन्नकै लागि बेलायतमा स्पेक्ट्रलाइट यूके कम्पनी दर्ता गरेको बुझिएको छ । आजियाटा र स्पेक्ट्रलाइटबीच खरिदबिक्री कारोबार विदेशमै गरिएको हो ।

आजियाटाले स्पेक्ट्रलाइट यूकेलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा बिक्री गरेको एनसेलको ८० प्रतिशत सेयर २०७२ सालमा १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात नेपाली १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको थियो । आजियाटाले उक्त एनसेलको उक्त सेयर ९६ प्रतिशत घाटा खाएर बेचेको हो । आजियाटाले नेपालमा व्यवसायिक वातावरण बिग्रिएको भन्दै एनसेलबा बाहिरिएको हो ।

तर, यता एनसेलको सेयर खरिदबिक्रीको लागि आजियाटाले अनुमति नलिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार नियमावली २०५४ को नियम २४ मा सेयर खरिद बिक्रीका लागि स्वीकृति लिनुपर्ने व्यवस्था भए पछि अनुमतिबिना आजियाटाले सेयर बेचेको भन्दै प्राधिकरणले ध्यानाकर्षण समेत गराएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: