×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको दूरसञ्चार प्राधिकरणको ठहर, अब के हुन्छ ?

PRIME CA

एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको दूरसञ्चार प्राधिकरणको ठहर, अब के हुन्छ ?

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको ठहर गरेको छ । एनसेलको सेयर खरिद बिक्री प्रक्रियाबारे सार्वजनिक लेखा समितिले सोेधेको प्रश्नको जवाफ पठाउँदै प्राधिकरणले सेयर खरिद बिक्री प्रक्रियामा एनसेलले कानुनी प्रक्रिया पूरा नगरेको ठहर गरेको हो ।

प्राधिकरणका अनुसार एनसेलले दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्ता पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने कानुनी प्रावधान पूरा नगरेको पाइएको छ ।

यसरी मलेसियन कम्पनी आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच भएको एनसेलको सेयर खरिद बिक्री कानुनतः मान्य नहुने प्राधिकरणको निष्कर्ष रहेको छ ।

एनसेलको सेयर खरिद बिक्री प्रक्रिया कानुनतः नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अघि बढाउन सक्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: