×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको ब्याट्रीमा समस्या, जहाज ग्राउण्डेड, १३ यात्रुको होटलमा बास !

PRIME CA

उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको ब्याट्रीमा समस्या, जहाज ग्राउण्डेड, १३ यात्रुको होटलमा बास !

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान ग्राउन्डेड भएको छ । तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो ।

उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।

जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो । नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिएका छन् ।

नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा बास बसेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: