×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतको निर्णयले मारमा परेका बैंकहरुले तिरेको करलाई राष्ट्र बैंकले रिजर्भबाट मिलान गर्न दिने, यो बर्ष नाफामा असर नपर्ने

अर्थ सरोकार

प्रकाशित मिति : १ पुष २०८०, आईतवार

PRIME CA

अदालतको निर्णयले मारमा परेका बैंकहरुले तिरेको करलाई राष्ट्र बैंकले रिजर्भबाट मिलान गर्न दिने, यो बर्ष नाफामा असर नपर्ने

काठमाडौँ । अदालतको निर्णयले मारमा परेका बैंकहरुले आफुले तिरेको कारलाई रिजर्भबाट मिलान गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकसँगकै सल्लाहमा बैंकहरुले यस विषयमा औपचारिक प्रस्ताव पठाईसकेका छन् । बैंकहरुलाई यसरी हिसाब मिलान गर्न राष्ट्र बैंकले स्वीकृति दिए यो बर्षको नाफामा असर पर्ने छैन ।

अदालतको निर्णयपछि बैंकहरुले तिर्नुपरेको करका कारण कतिपय बैंकहरुको वासलातनै नकारात्मक हुने चर्चा भईरहेका बेला बैंकहरुलाई राष्ट्र बैंकले यस्तो विशेष सुविधा दिने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले पहिलादेखि नै आफुले कमाएको नाफाबाट २० प्रतिशत रिटर्न अर्निङवापतको रकम रिजर्भमा राख्दै आएका छन् । सो रिजर्भमा अहिलेको कर दायित्वलाई मिलान गर्न पाउने अवस्था बन्दा बैंकहरु घाटामा देखिने छैनन् ।

राष्ट्र बैंककै सल्लाहमा बैंकहरुले यस्तो अनुरोध राष्ट्र बैंकमा पठाएकाले राष्ट्र बैंकले पनि सो स्वीकृति दिने पक्कापक्की प्राय: छ । राष्ट्र बैंकले औपचारिकताका लागि यस विषयमा कानुन विभागसँग राय लिने लगायतका प्रक्रिया सुरु गरेको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: