×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करेन्ट चाउचाउ प्रकरणमा अदालतको नजिर : नेप्से अदालत गए ‘नेप्से बुल्स’ नामक रक्सीको विक्रीवितरण हुन सक्छ बन्द !  

PRIME CA

करेन्ट चाउचाउ प्रकरणमा अदालतको नजिर : नेप्से अदालत गए ‘नेप्से बुल्स’ नामक रक्सीको विक्रीवितरण हुन सक्छ बन्द !  

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।  वाईवाईको ट्रेडमार्क चोरी गरेको पुष्टी भएपछि उच्च अदालत पाटनले करेन्ट चाउचाउ उत्पादन कम्पनी यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरेर उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ । सिजी फुड्सले हालेको मुद्धामा प्रतिवादी यसोदा फुड्सलाई हराउँदै उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते सिजीको पक्षमा फैसला गरेको हो ।
आफ्नो ब्राण्ड इमेजमाथि धक्का लाग्नेगरी करेन्टले ट्रेडमार्क चोरेको भन्दै अदालत गएको सिजीले मुद्धा जितेपछि नक्कली ट्रेडमार्क प्रयोग गरी करेन्ट चाउचाउ उत्पादन तथा विक्रीवितरणमा रोक लागेको छ । अदालतले यशोदा फुड्सले ट्रेडमार्क दर्ताका लागि दिएको आवेदन प्रक्रियासमेत रोक्न आदेश दिएको छ ।
करेन्ट चाउचाउ सम्बन्धि यो निर्णयले आफ्नो ब्राण्डमा रक्सी उत्पादन तथा विक्री गरिरहेको कम्पनीविरुद्ध कानुनी उपचारमा जान नेप्सेलाई थप सहज भएको छ । यसअघि नेप्से बुल्स नामक रक्सी बजारमा आएपछि नेप्सेले आपत्ति जनाएको थियो । तर सो रक्सी उत्पादन गर्ने कम्पनीले ट्रेडमार्क दर्ता प्रक्रियालाई देखाएर नेप्सेलाई अटेर गरेको थियो । यो केसले नेप्सेलाई सहज भएको छ ।
नेप्से अव अदालत जाने हो भने यहि नजिरलाई लिएर नेप्सेले मुद्धा जित्न सक्छ । नेप्से बुल्स नामक रक्सीले नेप्सेको इतिहाससमेत रक्सीको बोतलमा टाँसेर नेप्से बुल्सकै नाममा रक्सी वितरण गरिरहेको छ ।
यता एक अर्को कम्पनी ‘नेप्से रेड’ नामक कण्डम उत्पादन गर्ने तयारीमा छ । तर, नेप्से बुल्सको मुद्धामा नेप्सेले के गर्छ भन्ने विषय उठेपछि सो नामले ट्रेडमार्क प्रक्रियालाई हालका लागि रोकेको छ । ‘हामी त उत्पादनसम्मको काममा अघि बढ्ने मिति तयार गरेर अगाडी बढीसकेका थियौँ । फेरी नेप्सेको नाम प्रयोग गर्न मिल्ने कि नमिल्ने भन्नेमै द्विविधा भयो ।’ अर्थ सरोकारको सम्पर्कमा आएका ती संचालकले भने, ‘नेप्से बुल्सको केस साम्य भयो भने हामी पनि अघि बढ्छौँ । होइन भने अर्को नाममा उत्पादन गर्ने सोचेका छौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: