Skip to content
LAXMI SUNRISE BANK

ऋणीसँग ‘गैरकानुनी रकम’ असुलीसकेपछि एनआईसीको अफर- ‘अव हरेक कर्जामा अधिकतम ३ प्रतिशत प्रिमियम’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्र बैंकको नियमविपरित ऋणीहरुबाट गैरकानुनी रुपमा बढी प्रिमियम असुलेको एनआईसी एशियालाई राष्ट्र बैंकले ग्राहकबाट गैरकानुनी रुपमा असुलेको रकम फिर्तासमेत नगरेको भन्दै कार्वाही गरेपछि आफ्नो बिग्रिएको छवि केहि हदसम्म भए पनि सुधार्न बैंकले नयाँ अफर ल्याएको छ । राष्ट्र बैंकको कार्वाही भोगेपछि र देशभर दुर्गा प्रसाईंले थालेको आन्दोलनको प्रभाव बैंकहरुमध्ये नै सबैभन्दा बढी परेपछि बैंकले अव सम्पूर्ण कर्जामा अधिकतम ३ प्रतिशत प्रिमियम कायम गर्ने अफर ल्याएको हो ।

बैंकका अनुसार अव बैंकको मंसिर महिनाको औसत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ । केहि समय अघिसम्म यो बैंकले लिन नै नपाइने रकम ऋणीबाट उठाएर त्यसलाई लगानीसमेत गरेको थियो । राष्ट्र बैंकले कारवाही गर्दा तिर्नुपर्ने जरिवानाभन्दा ऋणीबाट असुलेको रकमबाट मोटो फाइदा आउने भएपछि बैंकले राष्ट्र बैंकलाईसमेत अटेर गरेको थियो ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा खबर गर्नु भन्ने अभिव्यक्ति दिएका थिए । तर यसअघि पनि एनआईसी एशियाले गैरकानुनी रुपमा उठाएको रकम फिर्ता नदिएको भन्दै गुनासो बढेपछि गभर्नर अधिकारीको समेत चर्को आलोचना भएको थियो । गभर्नरको अभिव्यक्तिपछि आफ्नो सुरुकै पैसा फिर्ता नआएको भन्दै केहि ऋणीले राष्ट्र बैंकमा उजुरीसमेत गरेपछि एनआईसी एशिया बैंकले आफ्नो धुमिल छवि जोगाउन हतारहातार आइतबार नै नयाँ अफर ल्याएको हो ।
बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरूमा लागु हुने भनेको छ । तर यसअघि पनि एनआईसी एशियाबाट ऋण खाएर बैंकको पेलानमा परेकाहरुले भने यसलाई बैंकको ऋणी झुक्याउने अर्को खेल हुन सक्ने भन्दै सचेत रहनुपर्ने अभिव्यक्ति दिईरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK