×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया र कुमारीपछि एनएमबि बैंकले पनि ब्याजदर घटायो, अन्य बैंकहरु पनि ब्याज घटाउने तयारीमा !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया र कुमारीपछि एनएमबि बैंकले पनि ब्याजदर घटायो, अन्य बैंकहरु पनि ब्याज घटाउने तयारीमा !  

Artha Sarokar

२५ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गतेदेखि लागू हुनेगरि यसअघिको ब्याजदर परिमार्जन गर्दै घटाएको हो । 

बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याज दिने जनाएको छ । यसअघि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.५० प्रतिशत ब्याज दिँदै आएको थियो । 

त्यस्तै, बैंकले बचतमा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म ब्याज दिने भएको छ । 

यसो त एनएमबि बैंक अघि एनआईसी एशिया बैंक र कुमारी बैंकले ब्याजदर घटाइसकेका छन् । निरन्तर बैंकहरुले ब्याजदर घटाउने क्रम जारी रहँदा अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी