×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च अदालतको आदेश- ट्रेडमार्क चोर्ने करेन्ट चाउचाउको वितरणमा रोक लगाऊ

PRIME CA

उच्च अदालतको आदेश- ट्रेडमार्क चोर्ने करेन्ट चाउचाउको वितरणमा रोक लगाऊ

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उच्च अदालत पाटनले करेन्ट चाउचाउ उत्पादन कम्पनी यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरेर उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सका नाममा यस्तो आदेश दिएको हो ।

यसोदा फुड्सले वाईवाईको ट्रेडमार्क चोरेको भन्दै सीजी फुड्स अदालत गएको थियो । आफ्नो ब्राण्ड इमेजमाथि धक्का लाग्नेगरी करेन्टले ट्रेडमार्क चोरेको भन्दै अदालत गएको सिजीले मुद्धा जितेपछि नक्कली ट्रेडमार्क प्रयोग गरी करेन्ट चाउचाउ उत्पादन तथा विक्रीवितरणमा रोक लागेको हो । अदालतले यशोदा फुड्सले ट्रेडमार्क दर्ताका लागि दिएको आवेदन प्रक्रियासमेत रोक्न आदेश दिएको छ ।

अव कम्पनीले करेन्ट चाउचाउ बजारबाट फिर्ता गर्नुपर्ने भएको छ । कम्पनीले यसो नगरेमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: