काठमाडौँ । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।
पराजुलीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको अनुरोधका आधारमा उनलाई पक्राउ गरिएको पर्वत प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताएका छन् ।
हाल पक्राउ परेका पराजुलीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सहकारी ठगीमा पक्राउ परेका संस्थाका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए । पराजुली त्यसबेला सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका प्रमुख थिए । त्यसबेला घुसबापत १ करोड १५ लाख रुपैयाँ बुझाएको भन्ने बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मित्रमिलन सहकारीमा २६ करोड रुपैयाँ बढी रकम अपचलन भएको भन्दै बचतकर्ताले उजुरी दिएपछि अध्यक्ष पौडेल र व्यवस्थापक अधिकारी पक्राउ परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्