×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ !

PRIME CA
GLOBAL IME BANK

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ !

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बचतकर्ताको करोडौँ रुपैयाँ खाएर सञ्चालकहरु भागेपछि समस्यामा परेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेका उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

काठमाडौँबाट पक्राउ परेका उनलाई प्रहरी पोखरा हिंडिसकेको छ । कास्की प्रहरी प्रमुख मोहनकुमारा थापाका अनुसार काठमाडौँमा लुकीछिपी बसेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् ।

सहकारीका मुख्य ठग गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । फरारमध्ये राई विदेशमा छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: