×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा ७ करोड ९७ लाख बिगो भएका प्रतिवादी पक्राउ, हिरासतमा पनि मुस्कुराइरहन्छन्…

अर्थ सरोकार

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार

PRIME CA

बैंकिङ कसुरमा ७ करोड ९७ लाख बिगो भएका प्रतिवादी पक्राउ, हिरासतमा पनि मुस्कुराइरहन्छन्…

काठमाडौँ । बैंकिङ कसुरमा ७ करोड ९७ लाख बिगो भएमा प्रतिवादी पक्राउ परेका छन् । ओखलढुंगाको चम्पादेवी घर भएका ३२ वर्षीय शेर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

मगरलाई ललितपुर महानगरपालिका–१५ स्थित हात्तिवनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनीविरुद्ध बैंकिङ कसुरमा ७ करोड ९७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । उनीविरुद्ध विभिन्न अदालतबाट बैंकिङ कसुर मुद्दा फैसला भए पनि जरिवाना र कैद भुक्ता हुन भने बाँकी रहेको थियो । पक्राउ परेका मगरलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । 

उनी पक्राउ परेपछि पनि हिरासतमा मुस्कुराइरहने गरेको पाइएको छ । पक्राउ परेको भन्दै प्रहरीले सार्वजनिक गरेको तस्वीरमा पनि उनी मुस्कुराइरहेको देखिन्छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: