काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा समिति बनाएर अध्ययन गर्ने सरकारको भनाईलाई नाटकको संज्ञा दिएका छन् । पार्टीको केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताएका छन् । तर, समिति बनाउने कुरा नाटक भएको रविको भनाई
छ ।
एनसेल प्रकरणमा कयौँ राजनीतिक दलको संलग्नताको आशंका गरेका उनले सत्ता गठबन्धनले सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए । ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ । त्यो एउटा छानबिनको विषय हो तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन ? गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो ।’, उनले भने ।
एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन समेत लायक नभएको रविले टिप्पणी गरेका छन् ।
‘कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, के को लागि यो समिति ? वृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ तर कर छली भएको हो भने तत्काल कारबाही हुुनपर्छ ।’, उनले भने, ‘यो बारेमा अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ ? अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्