×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

PRIME CA

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

१० पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत समस्याग्रस्त सहकारीहरुलाई आगामी चैत मसान्तभित्र बचत फिर्ता गर्नेगरि कार्ययोजना पेश गर्न निर्देश दिइएको हो ।

उच्चस्तरीय सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०७९ को प्रतिवेदनका आधारमा बचतकर्ताको बचत फिर्ता गर्न नसकेर समस्याग्रस्त सहकारीलाई बचत फिर्ताको कार्ययोजना पेश गर्न निर्देशन दिइएको हो ।

त्यस्तै, सहकारी समस्यामा समाधानका लागि कार्यदलको प्रतिवेदन क्रमशः कार्यान्वयन हुने क्रममा रहेको पनि बताइएको छ । सरकारले पछिल्लो समय समस्याग्रस्त सहकारी व्यवस्थापन कार्य तीव्ररूपमा अघि बढाएको छ ।

अर्काे व्यवस्था नभएसम्म नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको कारोबार गर्न सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतमा रोक लगाइएको छ । केही सहकारीलाई समस्यायग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तनी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत कारबाही अघि बढाइएकोे छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: