×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीका उजुरीमाथि तत्काल छानबिन गर्न निर्देशन

PRIME CA
GLOBAL IME BANK

सहकारी ठगीका उजुरीमाथि तत्काल छानबिन गर्न निर्देशन

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी पीडितहरुको उजुरीमाथि छानबिन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । सहकारी ठगीका घटना र उजुरी गर्नेहरु बढेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मातहतका निकायलाई सहकारी ठगीका उजुरीमाथि तत्काल छानबिन गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठले वभिन्न ठाउँमा सहकारी ठगीबारे परेका उजुरीहरुमाथि छानबिन गरी कारवाही प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरेका छन् ।

भट्टराईका अनुसार बुधाबार गृहसचिव, सहसचिव तथा मातहतका निकायसँग गरिएको छलफलबाट सहकारीका पीडितहरुले दिएको उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रियालाई चुस्त बनाउने निष्कर्ष निस्किएको थियो । सोही अनुसार प्रहरी कार्यालय तथा प्रशासनलाई तदारुकता देखाउन निर्देशन दिइएको हो ।

हाल विभिन्न सहकारीमा भएको ठगीसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भए पनि अभियुक्त पक्राउ नपरेको, अनुसन्धान तथा छानबिन सुस्त भएको देखिँदै आएको छ । तर, अब सहकारी ठगी सम्बन्धी उजुरीलाई विशेष प्राथामिकता दिएर अनुसन्धान अघि बढाउन गृहले निर्देशन दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: