×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको करोडौँ ठगेर बुडाबुडी फरार, बचतकर्ताको बिचल्ली

PRIME CA

सहकारीको करोडौँ ठगेर बुडाबुडी फरार, बचतकर्ताको बिचल्ली

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बचतकर्ताको करोडौँ रकम ठगेर बुडाबुडी नै फरार भएपछि आरक्ष बचत तथा ऋण सहकारीका बचतकर्ताको बिचल्ली भएको छ । सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने फरार भएका हुन् । सहकारीको रकम ठगी गरेर फरार भएको डेढ वर्षसम्म पनि दुवैजना सम्पर्कमा नआएपछि बचतकर्ताहरुले अझैसम्म पनि रकम फिर्ता पाउन सकेका छैनन् ।

संस्थाकी अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने श्रीमान श्रीमती हुन् । हालसम्म उनीहरु दुवैजना सम्पर्कमा आएका छैनन् । 

हाल आरक्ष सहकारी समस्याग्रस्त घोषणा भएको छ । आफूहरुको करोडौँ बचत हिनामिना भएको भन्दै सहकारीका पीडितहरुले आरक्ष सहकारी र संस्थाका अध्यक्ष तथा सिइओविरुद्ध काठमाडौँ महानगरपालिकामा उजुरीसमेत दिएका थिए । महानगर हुँदै सहकारी विभागसम्म पुगेको उक्त सहकारी ठगीको विषयमा हाल प्रहरीले पनि छानविन गरिरहेको छ । यद्यपि सहकारीको रकम ठगेर फरार भएका श्रीमान श्रीमती अझै पनि सम्पर्कमा आएका छैनन् । 

सहकारीका अध्यक्ष र सिइओ फरार भएपछि अन्य सञ्चालकले बचत फिर्ता गर्न नसक्ने भन्दै २०७९ भदौ ९ गते सहकारीको कार्यालयमा सूचना नै टाँसेका थिए । त्यसदेखि यता संस्थाका अध्यक्ष र सिइओ फरार छन् । अहिले पनि उनीहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । हाल सहकारीको सबै कार्यालयहरु बन्द छन् । 

काठमाडौँको सितापाइला, चावहिल र माछापोखरी गरी तीन ठाउँमार्फत कारोबार गर्दै आएको उक्त सहकारीमा बचतकर्ताको ४ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: